बजेटको अर्थ तथा नेपालमा विकासक्रम सम्बन्धि जानकारी



बजेट भन्नाले के बुझिन्छ ? What is meant by budget?

उत्तर : एक वर्षका लागि सरकारले गर्ने खर्च तथा त्यस्तो खर्च धान्नका लागि आवश्यक स्रोतको अनुमाननै बजेट हो, अर्थात बजेट आय–व्ययको वार्षिक अनुमान हो । बजेट सरकारको विगत र वर्तमान आर्थिक अवस्थाको मूल्यांकनको आधारमा आगामी वर्ष गरिने कार्यक्रमहरूको लागि लाग्ने अनुमानित खर्च जुटाउने श्रोतहरूको अनुमान हो ।

“ADB” का अनुसार ः “बजेट एउटा वित्तीय दर्पण हो ”
सरकारको वार्षिक योजनबद्ध खर्च, अनुमानित राजस्व र आउँदो वर्षको नीति प्राथमिकतालाई बजेटमार्फत प्रतिविम्बित गरिएको हुन्छ । तथापि, बजेट एउटा दस्तावेज मात्र नभई यो वर्षभर निरन्तर चलिरहने प्रक्रियागत चक्र हो ।
निस्कर्ष : सरकारले तयार पारेका योजना तथा कार्यक्रमहरू पुरा गर्नका लागि गरिने खर्च र त्यस्तो खर्च धान्य स्रोतहरूको अनुमानको प्रक्षेपण बजेटमा गरिएको हुन्छ । कर तिरेर सरकारका कार्यक्रम कार्यान्वयनको आधार निर्माण गरिदिने नागरिकका लागि बजेट सदैव चासोको विषय हुन्छ ।

नेपालमा बजेटको विकसक्रम सम्बन्धि चर्चा गर्नुहोस ? Discuss the development of the budget in Nepal?

उत्तर : विश्व इतिहासमा सर्वप्रथम सन् १७३३ मा बेलायतका तत्कालिन प्रधानमन्त्री रोवर्ट वाल्पोलले वेलायतको संसदमा सरकारको आय या व्ययको अनुमानित विवरण पेस गरेका थिए । उनले बजेट पेस गर्दा कालो छालाको थैली प्रयोग गरेका थिए जसलाई फ्रेन्च भाषामा “BOUGETIE” भनिन्छ ।
नेपालको सन्दर्भमा विसं २००८ माघ २१ गते पहिलो पटक बजेट प्रस्तुत गरिएको थियो ।
नेपालमा विसं २०१३ साल देखि वार्षिक बजेटलाई चालु आवधिक योजना सँग आवद्ध गर्न थालिएको हो ।
विसं २०१३ साल देखि सरकारी बजेटलाई साधारण र विकास गरि दुइ भागमा वर्गीकरण गर्न थालिएको हो ।
विसं २०१५ साल देखि नेपाल अधिराज्यको संविधान २०१५ ले गरेको व्यवस्था बमोजिम बजेट कार्यपालिकाले बनाउने र व्यवस्थापिकाले पारित गर्ने कार्यको आरम्भ गएको थियो ।
नेपालमा कार्यक्रम बजेटको सुरुवात विसं २०२६ साल देखि भएको हो ।
IMF द्वारा विकसित Governance Financial Statistics लागु गरि बजेट वर्गीकरणको सुरुवात विसं २०६८/६९ देखि भएको हो ।
GFS 2014 को प्रयोग गरि आ.व. २०७४/७५ देखि स्थानीय तहलाई सोझै बजेट दिन थालिएको हो ।
विसं २०७५/७६ देखि संघ, प्रदेश र स्थानीय गरि ३ वटै तहमा छुट्टाछुट्टै र पुर्ण बजेट बनाइ कार्यान्वयन थालिएको हो ।

निस्कर्ष : बजेट निरन्तर चलि रहने प्रक्रिया भएको ले यसको विकासक्रम कहिले रोकिदैन निरन्तर विकास भैरहने छ । नेपालमा बजेट सम्बन्धी आवधिक प्रतिवेदनहरू अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, मन्त्रालयका विभागहरुले नियमित अन्तरालमा प्रकाशन गरिरहेको हुन्छ ।

त्रिभुवन विश्वविद्यालयसम्बन्धी ज्ञान

Previous
Next Post »

Model Answer of Theoretical Questions +2 Principles of Accounting: Exam Preparation

+2 Principles of Accounting: Exam Preparation